शनिबारबाट बन्चरे डाँडामा पुग्न थाले फोहोरका गाडी

काठमाडौं, २८ साउन । पछिल्ला केही महिनायता नियमित अवरोध भइरहेको काठमाडौंको फोहोर संकलनको कार्य शनिबारबाट पुनः शुरु भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका अनुसार शनिबार १५२ वटा गाडी बञ्चरे डाँडामा पुगेका छन् ।

उनका अनुसार अब कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० वटा गाडी बन्चरे डाँडा पुग्ने भएका छन् । काठमाडौंमा दैनिक ७५ र अन्य पालिकाबाट दैनिक ७५ गरी दैनिक १५० गाडी फोहोर उठ्ने गरेको बालेनले जनाएका छन् ।

उनका अनुसार फोहोर व्यवस्थापनमा सरोकारवाला सबैको सहयोगको अपेक्षा महानगरपालिकाले गरेको छ । उनले कुनै पनि हालतमा बन्चरे डाँडाको अवस्था सिस्डोलको जस्तो नहुने प्रतिवद्धता समेत जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here