स्पेनिस ला लिगा: बार्सिलोना गोलरहित बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा बार्सिलोना रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । यी दुई टोली नोउ क्याम्पमा गएराति भएको खेलमा बराबरीमा रोकिएका हुन् ।

क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना भालेकानोसँग गोलरहित बराबरीमा रोकिएको हो।

बार्सिलोनाले यसै सिजन भित्र्याएको पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गोलको अवसरलाई रेफ्रीले अफसाइड करार दिएका थिए।

त्यस्तै अर्को एउटा उत्कृष्ट अवसरमा उनी फ्रेम बाहिर प्रहार गर्न पुगेका थिए। उता भालेकानोका सर्जियो क्यामेलोले पनि राम्रो अवसर बनाएर पनि सदुपयोग भने गर्न सकेनन्।

इन्ज्युरी समयमा बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केट रेडकार्ड खाँदै बाहिरिएका थिए।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्रेअस क्रिष्टिसन र फ्रान्क केसिइले ला लिगामा डेब्यु गरे । तरपनिगोल बिहिन रहे ।

योसँगै उपाधिको सदाबहार दाबेदार बार्सिलोनाले घरेलु मैदानमा अंक बाँड्दै लिगको सुरुवात गरेको हो।

गएराति नै सम्पन्न अन्य खेलमा सेल्टा भिगो र स्पानोयल २-२ गोलको बराबरीमा रोकिँदा भिल्लारियलले रियल भाल्लाडोलिडलाई ३-० गोलले हराउँदै लिगमा सुखद सुरुवात गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here