बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २९ साउन । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा साताको कारोबारको पहिलो दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको छ ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।