इलेक्ट्रिक एसयूभी एमजी जेडएसको प्रिबुकिङ शुरु, मुल्य कति ?

काठमाडौं, ६ साउन । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रिबुकिङको घोषणा गरेको छ ।

कम्पनीले सोमबार एक विज्ञप्ती जारी गरी प्रिबुकिङको घोषणा गरेको हो । उक्त नयाँ विद्युतीय एसयूभीमा सुरक्षालाई मध्यनजर गर्दै ६ वटा एयरब्यागहरु राखिएको र प्रिमियम विशालदर्शी सनरुफ तथा आरमदायी विद्युतीय सिट जस्ता विशेषताहरु पनि रहेको कम्पनीले बताएको छ ।

गाडीमा ३ वटा ड्राइर्भिङ मोडहरु रहेका छन् जसले गर्दा चालकले इच्छा अनुसारको मोडहरु प्रयोग गर्न सक्नेछन् ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८०% सम्म चार्ज हुन्छ ।

एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ ।

नयाँ एसयूभी एमजी जेडएसको शुरुवाती मुल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ र यस मुल्यमा ७ कि.वा. एसी चार्जरको मुल्य पनि समावेश गरिएको छ ।

ग्राहकहरुले १ लाख रुपैयाँ डिपोजिट गरेर गाडी प्रिअर्डर गर्न र रिजर्भ गर्न सक्ने कम्पनीले बताएको छ ।

यो विद्युतीय गाडी ग्राहकहरुलाई नेपालमा सेप्टेम्बरदेखि वितरण गरिनेछ । यो जेडएस इभी रातो, निलो र सेतो गरेर तीनवटा रंगमा उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here