त्रिकोणात्मक प्रेमको संघर्ष देखाइएको ‘बाबरी’को ट्रेलर (ट्रेलरसहित)

काठमाडौं । चलचित्र ‘बाबरी’को ट्रेलर रिलिज भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो ।

धीरज मगर,अदिती बुढाथोकी र धीरज नाड्कर अभिनित ट्रेलरमा त्रिकोणात्मक प्रेमलाई देखाउन खोजिएको छ ।

सुरेन्द्र पौडेल निर्देशित र सम्पादित चलचित्रमा बादल भट्ट, कमलमणि नेपालको पनि मुख्य भूमिका छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मलाई सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराले लेखेका हुन् ।

गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी फिल्मका निर्माता छन् ।

सिक्किममा छायांकन गरिएको चलचित्र नाडकरको डेब्यु चलचित्र हो । ‘इन्टु मिन्टु लण्डनमा’पछि धीरज मगरको यो कमब्याक हो, जहाँ उनी क्रेजी लभरको रुपमा प्रस्तुत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here