फिफाले लगायो भारतमाथि अनिश्चित प्रतिबन्ध, के हो विवाद ?

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल संघलाई प्रतिबन्ध लगाएको छ ।

फिफाले मंगलबार बिहान अल इन्डिया फुटबल फेडरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको हो । फिफाले जारी गरेको प्रेस रिलिजमा भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ ।

भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो। तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो। फिफाले अदालतको आदेश हटे निलम्बन फुकुवा गर्ने छ।

फिफाले एआईएफएफमा तेस्रो पार्टी ९बाहिरी शक्ति० हाबी भएको आरोप लगाएको छ । फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ ।

फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन ।

भारतमा आगामी अक्टोबरमा तय भएको यू–१७ महिला विश्वकप फुटबल पनि सर्ने भएको छ ‌‌। यू-१७ महिला विश्वकप आगामी अक्टुबर ११ देखि ३० सम्म भारतमा हुने तालिका छ।

गत मे महिनामा भारतको सर्वोच्च अदालतले एआईएफएफलाई विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

त्यसपछि फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी महासचिव विन्डसर जोनको नेतृत्वमा एउटा टोलीलाई भारतीय फुटबल सरोकारवालासँग छलफलका लागि पठाएको थियो ।

उक्त टोलीले एआईएफएफले आफ्नो विधानलाई जुलाइको अन्त्यसम्ममा परिमार्जन गर्ने र सेप्टेम्बर १५ सम्ममा चुनाव गरिसक्ने मार्गचित्र तयार गरेको थियो ।

जसको प्रमुखमा ‘टप कोर्ट जज’ एआर देव नियुक्त भएका थिए। अदालतले सीओएलाई भारतीय फुटबल संघ (एआईएफएफ)को कार्यकारी समितिको चुनाव गराउने जिम्मेवारी दिएको थियो।

त्यसका लागि पूर्व प्रमुख निर्वाचन आयुक्त डा एसवाई कुरैशी र भारतीय फुटबल टोलीका पूर्व कप्तान भास्कर गांगुली संलग्न दुई सदस्यीय समितिले लोकपालद्वारा पेश गर्ने विधान अनुसार मतदाता सूची तयार गर्न भनिएको थियो।

अदालतले गठन गरेको समितिले संघको दैनिक क्रियाकलाप संचालन गर्ने र प्रतियोगिता संचालनका लागि पूर्व समितिसँग सहयोग लिन स्वतन्त्र हुने जनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here