तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद–विक्री ?

काठमाडौं, ३१ साउन । नेपाली बजारमा सुनको मूल्य घटेको छ।

अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मुल्य तोलातको ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।