भारतसहित २० देशमा फैलियो ओमिक्रोनको सब-भेरियन्ट ‘सेन्टोरस’, महामारीको अर्कोरुप बन्न सक्ने

काठमाडौं, १ भदौं । कोरोनाको नयाँ भेरियन्ट’सेन्टोरस’ भारतसहित २० देशमा फैलिएको छ ।

फैलावट धेरै छिटो हुने यो भाइसर ओमिक्रोनको नयाँ सब-भेरियन्ट हो । नेचर जर्नलमा प्रकाशित रिपोर्ट अनुसार सेन्टोरस अर्थात् बी.ए. २.७५ संक्रमितको संख्या भारतमा बढे पनि अस्पताल भर्ना हुने दर भने बढेको छैन ।

भारतमा मे महिनादेखि १ हजार नमूनाको जीनोम सिक्वेन्सिङ गरिएको थियो, जसमध्ये दुई तिहाइ बीए २.७५ को थियो। रिपोर्टका अनुसार बीए २.७५ मा ए४५२आर म्युटेसन छ, जसले पुनः संक्रमणको जोखिम बढाउँछ।

ओमिक्रोनबाट बीए-१ र बीए-२ दुई सव भेरियन्ट बने । बीए-१ बाट कुनै थप सब-भेरियन्टहरू बनेनन् भने बीए-२ बाट चार वटा सब-भेरियन्टहरू पुनः बने ।

यसमा बीए ४, बीए ५, बीए २.१२-१ र अहिले बीए २.७५ समावेश छ। अल्फा, गामा, बिटा को कुनै पनि सव भेरियन्ट छैन भने डेल्टाको सब भेरियन्ट डेल्टा प्लस रहेको छ ।

वैज्ञानिकहरू ओमिक्रोनको सब-भेरियन्ट ‘सेन्टोरस’ अर्को विश्वव्यापी कोरोना भेरियन्ट हुन सक्ने अनुमान गरेका छन्। यो भेरियन्ट भारतमा जुलाईमा द्रुत रूपमा बढ्न शुरु भएको थियो त्यसपछि एसिया र युरोप लगायत २० वटा देशहरूमा फैलिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here