दोधारा चाँदनीमा भाइरल ज्वरोको बिरामी बढ्यो

दोधारा, १ भदौं । मौसम परिवर्तनसँगै दोधारा चाँदनीमा भाइरल बिरामीको चाप बढेको छ ।

दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक भाइरल ज्वरोका बिरामी आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ ।

रुखाखोकी, ज्वरो, टाइफाईड लगाएत भाइरल ज्वरोका विरामीको चाप वढेको स्वास्थ्य केन्द्र प्रशासनले जनाएको छ । दैनिक १ सय ३० देखि १ सय ५० जनाको हाराहारीमा बिरामी आउने गरेका छन् ।

जसमध्ये ७० प्रतिशत बिरामी भाइरल ज्वरोको आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर आशिस पोखरेलले बताएका छन् ।

‘दैनिक आउने बिरामी मध्ये अधिकांश बिरामी भाइरल ज्वरो भएका आउने गरेका छन्’ प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर आशिस पोखरेलले भने ।

सुरुमा सामान्य टाउको दुख्ने, रिंगटा लाग्ने, नाकबाट पानी आउने र अनियमित ज्वरो आउने तथा रुघाखोकी लाग्ने र कमजोर हुने जस्ता लक्षण देखा पर्ने गरेको बताईएको छ् ।

भाइरलको प्रकोप देखिएकोले अनिवार्य मास्कको प्रयोग गर्न तथा उमालेको पानी प्रशस्त मात्रा पिउन चिकित्सकहरुले सुझाव दिँदै आएका छन् ।

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको प्रयोगशालाले दिईएको जानकारी अनुसार साउन महिना भित्र ६७ जनालाई गरिएको एन्टिजेन परिक्षणमा १९ जनामा कोरोना संक्रमण फेला परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here