मस्कले किन गरे म्यानचेस्टर युनाइटेड किन्ने ‘मजाक’ ?

काठमाडौं । एलन मस्कले आफूले इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड पीएलसी किन्न जाँदैछु भन्ने कुरामा मजाक गरेको बताए । मस्कले बुधबार ट्विट गर्दै म्यान यु किन्ने कुरा मजाक मात्र रहेको बताएका हुन् ।

यो ट्विटरमा लामो समयदेखि चलिरहेको ठट्टा हो। ‘म कुनै खेलकुद क्वल किन्न लागेको छैन्’ मस्कले एक प्रयोगकर्ताको क्लब किन्ने कुरामा गम्भीर हुनुहुन्छ भन्ने प्रश्नको जबाफ दिए ।

करिब पाँच घण्टा अघि, मस्कले म म्यानचेस्टर युनाइटेड किन्दै छु भनेर ट्वीट गरेका थिए । केही म्यानचेस्टर युनाइटेड फ्यानहरू, आफ्नो क्लबको पछिल्लो समयको घट्दो भाग्यबाट असन्तुष्ट, पहिले ट्विटरमा मस्कलाई क्लब किन्न विचार गर्न आग्रह गरेका थिए। होइन, यो ट्वीटरमा चलिरहने ठट्टा हो। म कुनै खेलकुदको क्‍लब किन्ने छैन।

जारी सिजन युनाइटेडले लगातार दुई खेलमा पराजय व्यहोर्दै तालिकाको पुछार पुगेकोले टिमका मालिक अमेरिकन ग्लाजर परिवारमाथि समर्थकहरु आक्रोशित छन्। ट्वीटरमा उनले युनाइटेड आफ्नो बाल्यकालको मनपर्ने क्लब भएको समेत बताएक छन् ।

साथै बाल्यकालको मनपर्ने टिम भएकोले यदि मेरो कुनै क्लब हुन्थ्यो भने त्यो म्यानचेस्टर युनाइटेड नै हुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here