दोहोरो अंकले बढ्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २ भदौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से २७.७२ अंकले बढेर २०६८.७२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिवार २२० कम्पनीको २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँ बराबरको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । बुधवार १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकीनी हाइड्रोपावर कम्पनी, अप्पर सोलु हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

नेप्सेका अनुसार आज एनआइबीएल प्रगती फण्ड र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १० करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।

अपी पावरको ७ करोड ८० लाख र शिवम् सिमेन्टको ६ करोड बढीको कारोकार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here