ट्राफिक प्रहरीको विशेष: चेकिङ १ सय १४ जना कलेजका विद्यार्थी कारवाहीमा

फाइलफोटो

काठमाडौं, २ भदौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तरगत आज १ सय १४ जना चालकहरु कारवाहीमा परेका छन् ।

कलेजकाविद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो ।

जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने ४८ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४२ जना,लापरवाहीका साथ सवारी साधन चलाउने ११ जना, तिब्र गतिमा सवारी साधन चलाउने ८ जना, हेलमेट नलगाउने ३ जना, दुईपाङ्ग्रे सवारी साधनमा ३ जना सवार २ जना चालकहरू कारवाहीमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here