प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा डाक्टर थपिए,स्वास्थ्य क्षेत्रमा फड्को मार्ने विश्वास

दोधारा । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा एक जना डाक्टर थपिएका छन् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा मेडिकल अधिकृत राजेश जोशी आएका दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।

नेपाल सरकारको छात्रवृति कोटाबाट करार सेवामा प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा मेडिकल अधिकृत राजेश जोशी आएका हुन् ।

अहिले आएर प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा ४ जना कार्यरत डाक्टरहरु हुने भएका हुन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा संचालित कार्यक्रममा मेडिकल अधिकृत राजेश जोशीलाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेत लगाएत वडाध्यक्षहरुले स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ओंम बस्नेत, वडाध्यक्ष बिक्रम चन्द, पदम रावल, हरिसिंह धनाडी, भक्त बहादुर सुनार, केशव खत्री, ओंमप्रकाश रोकाया, गोपीलाल कडेंल, चन्द्र बहादुर सिंह, दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महरा, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर, निकसाइमन इन्स्टिच्युट बिमल पुन, आईस्था शाही, अधिकारकर्मी खिमा चन्द लगाएतको उपस्थिती रहेको थियो ।

स्वास्थ्य केन्द्रमा थप एक जना नयाँ मेडिकल अधिकृत आएपछि स्थानियहरुमा खुशी छाएको छ् । दोधारा चाँदनीको स्वास्थ्य क्षेत्रले फड्को मार्ने बिश्वास गरिएको छ् । बिगतका तुलनामा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी सुबिद्या सम्फन्न बन्दै गएको कार्यक्रममा वत्ताहरुले बताएका छन् ।

ग्रामीण भेगमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र त्यहाँका जनताका लागि स्वास्थ्य उपचारको एक मात्र विकल्प हुने गर्छ् ।

बिगतका दिनहरुमा स्थानियहरु टाढा टाढा गएर महंगो अस्पतालमा उपचार गर्ने समस्या हल हुदै गएको खुशी प्रकट गर्दै कार्यक्रममा २ वर्ष देखि निकसाइमन इन्स्टिच्युटले प्राथमिक स्वास्थ्य केन्द्रमा प्राबिधिक, उपकरण तथा तालिम लगाएत कार्यमा सघाउदै आएको बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्वास्थ्य सेवामा आफु र दोधारा चाँदनी नगरपालिका कार्यालय सहयोगको लागी सदा तत्पर रहेको हुदा प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई अझ सुबिधा सम्पन्न बनाउन सबै जना लाग्नु पर्ने बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा नगरपालिका कार्यालयको कोषबाट २ जना, निकसाइमन इन्स्टिच्युटबाट एक जना र नेपाल सरकारबाट एक जना डाक्टर गरि ४ जना डाक्टर कार्यरत रहने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here