सोल्टी होटलको आकर्षक प्रगति, प्रतिसेयर आम्दानी ३.५८ रुपैयाँ

काठमाडौं, ३ भदौं । सोल्टी होटलले गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यो त्रैमासमा होटलले ३० करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्ष होटल २२ करोड ४९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । अघिल्लो वर्ष यसको जम्मा आम्दानी ४५ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको संचालन आम्दानी र कुल आम्दानी बढेसँगै खुद नाफामा उल्लेख्य बढोत्तरी आएको हो । कोरोना प्रभाव कम भएसँगै पर्यटकीय गतिविधि बढ्दा होटलको नाफामा ठूलो सुधार आएको हो ।

समीक्षा अवधिमा होटलको संचालन नाफा ३१ करोड ९५ लाख रुपैयाँ रहेको छ । जबकी अघिल्लो वर्ष १७ करोड २४ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा थियो ।

यस्तै, समीक्षा अवधिमा कम्पनीको आम्दानी तेब्बरले बढेको छ । असार मसान्तसम्म होटलको कुल आम्दानी २०२.१६ प्रतिशतले बढेर १ अर्ब ३७ करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष होटलले जम्मा ४५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाल ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सोल्टीको रिजर्भ कोषमा ८९ करोड १२ लाख रुपैयाँ छ ।

नाफामा उल्लेख्य सुधार आएसँगै होटलको प्रतिसेयर आम्दानी धनात्मक भएको छ । समीक्षा अवधिको होटलको प्रतिसेयर आम्दानी ३.५८ रुपैयाँ पुगेको छ । जबकी अघिल्ले वर्ष २.६७ रुपैयाँ ऋणात्मक थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १७ रुपैयाँबाट बढेर २०.५८ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here