वैशाखयता विपद्का घटनामा १५७ जनाको मृत्यु, ८५ करोड बढीको क्षति

फाइलफोटो

काठमाडौं, ३ भदौं । नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर वैशाखयता प्राकृतिक विपद्का घटनाबाट १५७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा भएका विपद्का घटनामा परी उनीहरूले ज्यान गुमाएका हुन् ।

सो समयमा १ हजार ४२८ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी १५७ जनाको मृत्यु, ३ जना वेपत्ता र ३७७ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

बढी मात्रामा चट्याङ्ग र आगलागीबाट धेरै मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ।

चट्याङ लागेर ५६ जनाको मृत्यु भइसकेको छ । चट्याङ लागेर १४९ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार गत वैशाखदेखि साउनसम्म पहिरोमा परी २८, बाढीमा परी ८, सर्पको टोकाइबाट १५, आगलागीमा परी १९, भारीवर्षाका कारण ५, हुरी बतासका कारण ९, जनावरको आक्रमणबाट १६ र वन डढेलोमा परी १ जनाको मृत्यु भएको छ ।

विपद्का घटनाबाट यस वर्ष १ हजार ८ सय ७ घरपरिवार प्रभावित भइसकेका छन् ।

पछिल्लो चार महिनामा विपद्का घटनाले ८५ करोड ३७ हजार ८६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here