थप ६२३ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

काठमाडौं, ३ भदौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ८५९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७७ हजार ८४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५०२४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here