मौद्रिक नीतिमार्फत बैंकहरुको आक्रामक कर्जा प्रवाहमा अंकुश लाग्ला ? यस्तो छ तयारी

काठमाडौं ७, असार । गत आर्थिक वर्षभरी बैंक तथा वित्तीय संस्थाको ऋण प्रवाह सोही अवधिको निक्षेप संकलन भन्दा बढी छ । बैंकहरु आक्रामक रुपमा कर्जा प्रवाहमा लागेको र सो अनुपातमा निक्षेप संकलन कम भएकाले कर्जाको तुलनामा निक्षेपको वृद्धिदर कम भएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति निर्माणको अन्तिम चरणमा छ । राष्ट्र बैंकले मौद्रिक नीति तयार गरिरहदा बैंकहरुको कर्जा लगानीलाई अंकुश लगाउने नलगाउने बारे छलफल भइरहेको छ ।

‘केही अनुत्पादन मुलक क्षेत्रमा कर्जा प्रवाह कडाइ गरे पनि साधारण कर्जामा कडाइ गर्ने सम्भावना छैन,’ स्रोतले भन्यो । बैंक तथा वित्तीय संस्थाले आक्रामक रुपमा कर्जा विस्तार गरेकै कारण सम्पत्ति तथा दायित्व बिचको सन्तुलन बढेको छ । यसले बैकिङ क्षेत्रमा वित्तीय राजकता बढाएको छ ।

उक्त विकृति रोक्न राष्ट्र यो वर्ष बैंकहरुको आक्रामक लगानी निरुतासहित मौद्रिक नीतिमा केही नीति ल्याउने तयारी गरेपनि अन्तिम निर्णयमा पुगि नसकिएको स्रोतले बताएको छ । ‘कडाइ गर्नु पर्ने हो, तर सम्भावना कम छ’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘कडाई गर्दा उच्च आर्थिक वृद्धिदरको सरकारी लक्ष्य भेटाउन पनि गाह्रो छ ।

गत जेठसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १८.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १९.९ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा १६.४ प्रतिशतले, विकास बैंकहरुको ३३.४ प्रतिशतले र वित्त कम्पनीहरुको १८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २०.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १९ प्रतिशतले बढेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here