झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ५ भदौं । शेयर बजार झिनो अंकले घटेको छ ।

साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक नेप्से ७.७२ अंकले घटेर २०६०.५५ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१८ कम्पनीको २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८८ रुपैयाँ बराबरको ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । विहिवार २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका २ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । घट्दो बजारमा यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकीनी हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सिभर फल्स कम्पनीको र हिमालयन हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १२ करोड २८ लाख भन्दा बढीको कारोबार भएको छ । अपी पावरको १० करोड र नेष्टो लघुवित्तको ७ करोड ५१ लाख बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here