उस्मा राईको स्वरमा रहेको तीज गीत ‘रातो सारी’ (भिडियोसहित)

काठमाडौं । उस्मा राईको स्वरमा रहेको तीज ‘रातो सारी’ सार्वजनिक भएको छ ।

हाइलाइट्स नेपाल मार्फत सार्वजनिक भएको गीतमा भानुभक्त ढकालको शब्द रहेको छ । गायिकालाई कोरसमा संगीता रानापायलीले साथ दिएकी छिन् ।

सार्वजनिक गीतलाई रोशन वान्तवाले एरेन्ज गरेका हुन्। मोहन मगरले निर्देशन गरेको म्युजिक भिडियोमा अनु कार्की, सबिना खत्री, रिता पोखरेल लगायतको फिचर्ड रहेको छ ।

भिडियोलाई अमृत सागरले खिचेका हुन् भने सम्पादन शक्ति प्रज्वल घिमिरेको रहेको छ। गीतमा नृत्य निर्देशन दिलिप पौडेलको रहेको छ । गीतलाई ब्लु बेरी मिडियाले बजारमा ल्याएको हो।

राम्रो शब्द संगीतमा काम गर्न पाउँदा खुशी लागेको गायिका राईले बताइन् ।

गीतमा तीजमा बेला माईत जाने,साथीसंगी रमाईलो गर्ने र नाच्ने जस्ता कुरालाई कलात्मक तवरले प्रस्तुत गरिएको गीतकार भानुभक्त ढकाल बताउँछन् ।

गीतबाट धेरै नै अपेक्षा राखेको र बजारमा चल्ने कुरामा ढुक्क रहेको संगीतकार/निर्देशन मोहन मगरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here