आइपीओ भर्दा सी-आस्वा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउने

काठमाडौं, ६ भदौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइपीओ लाग्ने शुल्क घटाउने भएको छ ।

बैंक तथा वित्तीय संस्थाले आइपीओ भर्दा १०० रुपैयाँसम्म शुल्क लिँदै आएकामा अब भने ५ रुपैयाँभन्दा बढी लिन नपाउने निर्णय गरेको छ ।

यद्यपि केही बैंकहरुको शुल्कले भने निःशुल्क सेवा दिँदै आएका थिए ।

आइतबार बेलुका बसेको बार्डको सञ्चालक समितिको बैठकले आश्वा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउन गरी निर्णय गरेको हो ।

जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउनेछ भने १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ । अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने बार्डले जनाएको छ ।

पछिल्लो समय केही बैंकहरुले आइपीअ‍ो भर्दा चर्को आ–आश्वा शुल्क लिने गरेका छन् । चारवटा वाणिज्य बैंकले निःशुल्क सेवा दिदा केही बैंकहरुले यस्ता सार्वजनिक धितोपत्र निष्काशनमा चर्को आश्वा शुल्क लिदा लगानीकर्ताहरु मर्कामा परेका छन् ।

जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले सि–आश्वा शुल्क स्वरुप १०० रुपैयाँ लिने गरेको छ । धेरैजसो बैंकहरुले २० रुपैयाँ सि–आश्वा शुल्क लिने गरेको देखिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here