सिन्धु विकास बैंकको ‘सिन्धु महा मुद्दती धमाका’ योजना, १० गुणासम्म प्रतिफल

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले ‘सिन्धु महा मुद्दती धमाका’ योजना संचालनमा ल्याएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ मुद्दती योजना संचालनमा ल्याएको हो ।

‘सबै भन्दा अब्बल पैसा हुन्छ डब्बल’ भन्ने नाराका साथ ल्याएको यस मुद्दती योजनाअन्तर्गत दश गुणासम्म प्रतिफल पाइनेछ ।

निक्षेपकर्ताले ५ वर्ष १० महिनामा दोब्बर, ९ वर्ष ३ महिनामा तेब्बर, १३ वर्ष ७ महिनामा ५ गुणा र १९ वर्ष ५ महिनामा १० गुणासम्म प्रतिफल पाउनेछ ।

जस्तै, निक्षेपकर्ताले १० लाख रुपैयाँ राखेमा १९ वर्ष ६ महिनामा १० लाख रुपैयाँको एक करोड रुपैयाँ पाउनेछन् ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालयसहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, पनौती, सिपाघाट, सिंगटी र जलबिरे, टांडी, बिकासचोक,लामोसाँघु, सिल्ढुङ्गा आउट लेट, हेटौडा,ठोकर्पा,चनौली लगायत २६ वटा शाखाहररुवाट सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here