शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

काठमाडौं, ६ भदौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ७.३८ अंकले घटेर २०५३.१६ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२२ कम्पनीको १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँ बराबरको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । आइतवार २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ । होटल समूह सबैभन्दा धेरै १.०५ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका २ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । घट्दो बजारमा यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

मन्दाकीनी हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । नेप्सेका अनुसार आज एनआइबीएल समृद्धि फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

दोर्दी खोला जलविद्युत्का लगानीकर्ताले ५.२४ प्रतिशतले गुमाएका छन् । त्यसैगरी, श्वेत गंगा ४.१५, तारागाउँ होटल ३.८९, सबैको लघुवित्त, रुरु जलविद्युत्, बोटलर्स नेपाल, राधी जलविद्युत्को शेयर मूल्य साढे २ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यसको आज २८ करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।

रिडी पावरको ८ करोड ५० लाख र प्रभु बैकको ८ करोड ४० लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here