बाढी जन्य विपतबाट हुने क्षतिलाई न्यूनीकरणका लागि दोधारा चाँदनीमा कृतिम अभ्यास

पप्पु गुरुङ्ग

दोधारा । दोधारा चाँदनीको जगबुडा नदीमा विपदको पूर्व तयारीका लागि बाढी सम्बन्धी कृतिम घट्नाको उद्दार अभ्यास गरिएको छ् ।

निड्स नेपाल कञ्चनपुरको समुदायको बाढी उत्थाशिलता मापन कार्यक्रम दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) तथा .विभिन्न संघ संस्थाको सहयोग र सहकार्यमा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजको पक्की पुल नजिक जगबुडा नदीमा विपदको पूर्व तयारीका लागि बाढी सम्बन्धी कृतिम घट्नाको उद्दार अभ्यास कार्यक्रम आज सम्पन्न गरिएको हो ।

दोधारा चाँदनी नगरपालिकामा मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि मनसुन पूर्व तयारी तथा बाढी सम्बन्धी कृतिम घट्ना अभ्यास गरिएको छ् ।

यस वर्ष मनसुनबाट ठूलो क्षति हुने आंकलन गरिएसंगै क्षतिको न्यूनिकरणका गर्न विपद्को पूर्व तयारीका लागि बाढी सम्बन्धी कृतिम घट्ना अभ्यासलाई निरन्तरता दिईएको दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् फोकल पर्सन रघुनाथ भट्टले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा यस वर्ष नेपाल राष्टिय्र समाजक कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका कार्यालयको समन्वय तथा सहकार्यमा ३ पटक बाढीबाट कसरी स्थानियहरुको ज्यान बचाउने भन्ने बिषयमा कृतिम अभ्यास गरिएको छ् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा बाताबरण तथा बिपद् ब्यवस्थापन समितिका संयोजक पदम बहादुर रावल, वडा नं. ७ का कार्यबाहक अध्यक्ष संदिप उपाध्याय्, दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् फोकल पर्सन रघुनाथ भट्ट, निड्स नेपालको समुदायको बाढी उत्थाशिलता मापन परियोजनाका संयोजक नबिन चन्द, निडस् नेपालका प्रतिनिधी बिनोद कडार, भावना जैशी, शुनिल सेठ्ठी, नेपाल राष्ट्रिय समाजक कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरका गणेश ठगुन्ना, प्रभुनिधी पन्त, सुरक्षाकर्मी, सामुदायिक बिपद् ब्यवस्थापन समितिका पदाधिकारी, खोज उद्धार टोली लगाएत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

गएको कार्तिक २ गते महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनीको बिभिन्न बस्तीमा ठुलो धनमालको क्षती पुर्याएको अवस्थालाई ध्यानमा राख्दै विपद् प्रतिकार्यको बिभिन्न खाले कार्यक्रम संचालन गर्दै आएको दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा बाताबरण तथा बिपद् ब्यवस्थापन समितिका संयोजक पदम बहादुर रावलले बताएका छन् ।

खोज उद्धारको लागी कृतिम अभ्यास निकै प्रभावकारी रहेको उनले जानकारी दिएका छन् । ‘अभ्यासले निखार ल्याउने र बाढी लगाएतका प्राकृतिक घट्ना अचानक हुने विपद्बाट बच्न यो अभ्यास कार्यक्रमले निकै सहयोग गर्छ्’ दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा बाताबरण तथा बिपद् ब्यवस्थापन समितिका संयोजक पदम बहादुर रावलले भने ।

अभ्यासमा सुरक्षा निकायका सबै अंग, रेडक्रस तथा बिपदका क्षेत्रमा सहयोग पुराउने संघ संस्थाहरुले सहभागिता रहेको उनले बताए । मनसुन पूर्वको खोज उद्दार र बाढीबाट हुनसक्ने जोखिम कम गर्न विपद प्रतिकार्य अभ्यास प्रभावकारी हुने दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का कार्यवाहक अध्यक्ष संदिप उपाध्याय्ले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका अत्यन्त जाखिममा रहेको उल्लेख गर्दै यस प्रकारको अभ्यासले बिपदको बेलामा क्षति न्युनिकरण गर्नमा मद्दत पुग्न कार्यवाहक अध्यक्ष उपाध्यायले दाबी छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here