गाडी तोडफोड गर्ने बन्दकर्ता स्थानीयबाट कुटिए

काठमाडौं, ७ भदौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव देशभर नै सामान्य मात्रै परेको छ।

काठमाडौं उपत्यकमा प्रभाव नदेखिएपनि तराईंका जिल्लामा भने सामान्य असर देखिएको छ। यस्तै, केही पहाडी जिल्लामा पनि बन्दकर्ताले सवारी साधनमाथि तोडफोड गर्ने प्रयास गरेपनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

बन्द गराउँदै हिँडेको आरोपमा काभ्रेको बनेपामा एक जनालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन्। पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत छन्।

बन्द गराउँदै हिँडेका राउतले बसमा ढुंगा प्रहार गरेपछि आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीयले घेरेका थिए।

नेपाल बन्दका कारण सडक यातायातसँगै, उद्योग कलकारखाना, विद्यालय लगायतमा असर नपरेपनि केही ठाउँमा शंकास्पद वस्तु फेला पर्दा स्थानीय नागरिक त्रसित बनेका छन्।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो।

विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन्। अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here