खप्तड लघुवित्तको आइपीओ खुल्यो

काठमाडौं, ८ भदौं । खप्तड लघुवित्त वित्तीय संस्थाले आज बिहान १० बजेदेखि प्राथमिक साधरण सेयर निष्काशन गर्ने भएको छ ।

लघुवित्तले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

निष्काशन भएको कुल सेयरमध्ये २ हजार कित्ता कर्मचारीहरुका लागि, ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा भदौ १२ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्।

लघुवित्तको आइपीओ निष्काशन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here