अन्डरग्राउन्ड पार्किङमा बनेको न्युरोडस्थित नबिल बैंक शाखाको संरचना हटाउन बालेनको निर्देशन

काठमाडौं, ८ भदौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा भएको नबिल बैकको शाखा हटाउने निर्देशन दिएको छ ।

मेयर बालेन शाहले न्युरोडस्थित नबिल बैंकको भवनमा बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएका हुन् ।

सूचना निकालेको एक महिना बितिसक्दा पनि काम गरेको नदेखिएको र आज निरीक्षणको क्रममा बेसमेन्टमा कार्यालय संचालन गरेको भेटिएपछि निर्देशन दिइएको जनाइएको छ ।

उक्त सूचना जारी भएको ३५ दिनपछि महानगरका मेयर शाह आफैं अवैधानिक रूपमा बनेको संरचना हटाउन सक्रियसाथ लागेका छन्। उनले बुधबार बिहान काठमाडौं मल अगाडिको फुटपाथ र पार्किङको लागि भनेर महानगरसँग स्वीकृति लिएर व्यापार हुँदै गरेको स्थान खाली गराउन पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here