काठमाडौं, ७ भदौं । असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेप तीन दिनमै सात अर्ब निक्षेप घटेको छ। नेपाल बैंकर्स संघका अनुसार साउनको अन्तिम सातामा निक्षेप १२ अर्ब बढेको निक्षेप भदौ ३ मा आइपुग्दा ७ अर्ब बाहिरिएको हो ।
साउन ३१ गते ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको निक्षेप तीनदिनपछि ४४ खर्ब २६ अर्ब रुपैयाँमा सीमित भएको
तथ्यांकले देखाएको छ ।
बैंकहरूको कर्जा भने यो अवधिमा एक अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७८ अर्ब पुगेको छ।
बैंकहरूको कर्जा निक्षेप अनुपात ८८।४७ प्रतिशत छ।
साउनको पहिलो साता ६४ अर्ब, साउन ६ गतेदेखि १३ गतेसम्म २८ अर्ब, साउन १३ गतेदेखि २० गतेसम्म ४ अर्ब र साउन २० गतेदेखि २७ गतेसम्मको अवधिमा २५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरूको निक्षेप घटेको थियो ।