देशभरका स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

काठमाडौं, ९ भदौ । देशभरका स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै सो जानकारी दिएको हो । जस अनुसार सबै स्थानीय तह, वडा कार्यालय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्था गरि देशभर १६ हजार २ सय ८ निकायमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगेको हो ।

ग्रामीण दूरसंचार विकास कोष (आरटीडीएफ)को परिचालन गरी देशभर ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने उद्धेश्यले ७४ जिल्लामा १८ प्याकेजमार्फत काम अघि बढाएको थियो । सोहि अनुसार साउन मसान्तसम्म सबै काम जुरा भएको बताइएको छ ।

प्राधिकरणले देशभरका स्थानीय निकायमा १ बर्षभित्र इन्टरनेट सेवा पुर्याउने भन्दै २०७७ असारमा बार्षिक कार्यक्रमको घोषणा गरेपनि कोरोना महामारीले गर्दा काम १ बर्ष पछी धकेलिएको थियो ।

आरटीडिएफ प्रयोग गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ओटा प्याकेज अन्तर्गतका सबै काम सम्पन्न भएको हो । जसअनुसार प्राधिकरणले ७ सय ८ ओटा स्थानीय निकाय, ५ हजार ९ सय ३३ वडा कार्यालय, ५३१८ माध्यमिक विद्यालय, ४ हजार २ सय ४९ स्वास्थ्य संस्था गरी १६ हजार २ सय ८ ओटा क्षेत्रमा ब्रोडब्याण्ड सेवा उपलब्ध गराएको हो । जसको जिम्मेवारी नेपाल टेलिकम, मर्कन्टायल कम्युनिकेशन, वर्ल्डलिंक, भायानेट र टेकमाइन्ड प्रालिले पाएका थिए ।
छ।

प्राधिकरणले हाल नेपालमा इन्टरनेट सेवा प्रदान गरिरहेका कम्पनीहरुलाई नै प्रतिस्पर्धाका आधारमा देशभर इन्टरनेट सेवा जडान गर्ने जिम्मेवारी दिइएको थियो ।
यीमध्य नेपाल टेलिकमले काभ्रेपलान्चोक, रसुवा, नुवाकोट र सिन्धुपाल्चोक, दोलखा रामेछाप, सिन्धुली, ओखलढुंगालगायत १० जिल्लाको जिम्मा मर्कन्टायल कम्युनीकेशन, १६ जिल्लाको सुविसु केवल नेटलाई, १४ जिल्लाको वर्ल्डलिंकलाई, ४ जिल्लाको भायानेटलाई र २६ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने जिम्मा टेकमाईन्ड्स प्रालिले पाएको थियो ।

परियोजना ५ अर्ब ६७ करोड ४६ लाख ९१ हजार रुपैयाँको थियो । सो परियोजना सम्पन्न हुँदासम्म ५ अर्ब २८ करोड २४ लाख रुपैयाँ कामको जिम्मा पाएका सेवाप्रदायकलाई भुक्तानी भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here