‘नक्सा ल्याए, डोजर चलाए मैले के बिराए ‘

काठमाडौं, ९ भदौ । काठमाडौंका मेयर बालेन्द्र शाह बालेनले काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएपछी आफुले केही नविराएको स्टाटस लेखेका छन् ।
बिहीबर उनले अल्फाबिटा भवनमा डोजर चलाएका हुन् ।

भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’

मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनका क्रमम अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधि र मेयरबीच सामान्य विवाद भयो ।

विवादपछि कार्यालय फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here