च्याम्पियन्स लिग ‘ड्र’: बायर्न र बार्सिलोना एकै समूहमा, रियललाई सजिलो

काठमाडौं । यूइएफएले च्याम्पियन्स लिगको समूह चरण विभाजन गरेको छ ।

टर्कीको इस्तानबुलमा बिहीबार भएको समारोहबाट च्याम्पियन्स लिगको नयाँ सिजन २०२२/२३ का लागि समूह विभाजन गरिएको हो ।

जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगमा एकै समूहमा परेका छन् ।

जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगमा एकै समूहमा परेका छन् ।

गत सिजनको च्याम्पियन रियाल मड्रिड समूह‘एफ’ मा परेको छ । उक्त समूहमा आरबी लाईप्जिग, साख्तार डोनोस्क र सेल्टीक रहेका छन् ।

यस्ताे छ समूह विभाजन :

समूह `ए´: लिभरपुल, आयाक्स, नापोली, रेन्जर्स

समूह `बी´: एट्लेटिको मड्रिड, पाेर्टाे, बायर लेभरकुसन, क्लब ब्रुज

समूह `सी´: बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लेजन

समूह `डी´: आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटेनहम हटस्पर, स्पोर्टिङ सिपी लिस्बन, मार्सेली

समूह `ई´: एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, डिनामो जाग्रेब

समूह `एफ´: रियल मड्रिड, आरबी लाइप्जिग, शाख्तार डोनेस्क, सेल्टिक

समूह `जी´: म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमन्ड, कोपनहेगन

समूह `एच´: पेरिस सेन्ट जर्मेन (पिएसजी), युभेन्टस, बेन्फिका, मक्काबी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here