सामाजिक यथार्थवादी चलचित्र ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि दुई नेपाली चलचित्र ’प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएको छ । सामाजिक यथार्थवादी विधामा बनेका दुवै चलचित्र एकै दिन प्रदर्शनमा आएका हुन् ।

बिहीबारदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘लाइगर’का कारण’प्रकाश’ र ‘राधा’ले हलमा कम शो पाएका छन्।

‘प्रकाश’मा शिक्षक बन्नका लागि एक व्यक्तिले कस्तो संघर्ष गर्नुपर्छ भन्ने कथा भनिएको छ । फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतको अभिनय छ ।

त्यस्तै अभिनेत्री सृष्टि श्रेष्ठ र सौगात मल्लको अभिनय रहेको चलचित्र ‘राधा’मा आफ्नो श्रीमानको पर्खाइमा रहेकी एक पत्नीको कथा समेटिएको छ ।

चलचित्रमा सृष्टि र सौगातसँगै दिव्य देभ, खगेन्द्र लामिछाने, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङ, निश्चल बस्नेतलगायतको अभिनय छ । दुई नेपाली फिल्मसँगै हलमा विजय देवरकोण्डा अभिनित ‘लाइगर’ प्रदर्शनमा आएको छ ।

चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएसनको आयोजनामा हुने ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल, २०२२’ मा ‘राधा’ प्रदर्शनका लागि छनोट भएको छ ।

यता, ‘प्रकाश’ले रिलिज पूर्व नै अन्तर्राष्ट्रिय बजारको राइट्स र डिजिटल राइट्सबाट लगानीको ७५ प्रतिशत उठाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here