फिफाले भारतमाथि लगाएको फुटबलको निलम्बन फुकुवा

काठमाडौं, ११ भदौं । फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथिको निलम्बन फुकुवा गरेको छ । भारतलाई निलम्बन गरेको दुई साता नपुग्दै फिफाले फुकुवा गरेको हो।

अक्टोबरमा हुने १७ वर्ष मुनिको महिला विश्वकपका आयोजनाका लागि फिफाले भारतको फुटबल संघलाई पत्र लेखेर प्रतिबन्ध फुकुवा गरेको जनाएको हो।

प्रतियोगिताको आयोजना अब भारतले नै गर्न पाउनेछ। यो प्रतियोगिता मुम्बईस्थित भुवनेश्वरमा अक्टोबर ११ देखि ३० सम्म हुँदैछ।

अगस्ट १५ मामात्रै भारतको फुटबललाई प्रतिबन्धको घोषणा गरेको थियो। यस फैसलाबाट भारतले महिला फुटबल विश्वकपसमेत आयोजना गर्न नपाउने भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here