भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट नियन्त्रणमा

फाइलफोटो : ronb

काठमाडौं, ११ भदौं । प्रहरीले भिजिट भिसामा खाडी मुलुक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १९७ जनालाई प्रहरीले नियन्णमा लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले कागजात शंकास्पद देखिएको भन्दै नियन्त्रणमा लिएको हो । रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन्।

उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्‍युरो बबरमहलमा बुझाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here