चाडपर्व लक्षित सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि खुल्ने

फाइलफोटो

काठमाडौं । यस वर्ष पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्ने भएका छन् । दसैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व विशेष सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नै नियमित ६ वटा पसल बाटै सुपथ सेवा प्रदान गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफ्नै नियमित पसलहरू बाटै सुपथ पसल सञ्चालन गर्ने छ ।

काठमाडौं उपत्यका भित्रका चार स्थान थापाथली, सिंहदरबार, नख्खु र भक्तपुरको सूर्य विनायकबाट खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here