‘अब मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौं’- बालेन

काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरपालिकाको सूचना अटेर गरी कानून मिच्नेहरुकै कारण प्रहरी खटाएर कारवाही अगाडी बढाउनु परेको बताएका छन् ।

आइतबार एक सूचना जारी गर्दै मेयर बालेनले महानगरभित्र कानून मिचेर बनाएका संरचना भत्काउने अभियान समेत जारी नै रहने बताएका हुन् ।

पार्किङको अनुमति लिएका भवनले महानगरपालिकाबाट विभिन्न सुविधा र सहुलियत पाइरहेको भन्दै त्यसलाई व्यवसायका रुपमा प्रयोग गर्न नमिल्ने पुनः स्पष्ट पारेका छन् । कानूनको कार्यान्वयन गर्नकै लागि ३५ दिने सूचना जारी गरिएको उनले स्मरण गराएका छन् ।

संरचना हटाउने अभियानलाई उनले महानगरपालिकामा अन्तर निहित अधिकारको प्रयोग भनेका छन् । उनले अगाडी भनेका छन्, ‘अब मिचाहा बर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here