पिपुल्स पावरको आइपीओ बाँडफाँड, १३ लाख बढी आवेदकको हात खाली

काठमाडौं, १२ भदौं । पिपुल्स पावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा आइपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीको आइपीओमा आवेदन दिएका मध्ये ५ हजार ११२ जना आवेदकको आवेदन रद्द भएको छ । १५ लाख ५१ हजार ४१३ आवेदकले १ करोड ६९ लाख १० हजार ६२० कित्ताका लागि दिएको आवेदन मात्रै सदर भएको छ ।

क्यापिटलका अनुसार जसमध्ये १५ लाख ५१ हजार ४१३ आवेदकबाट परेको १ करोड ६९ लाख १० हजार ६२० कित्ता सदर भएको छ भने ५ हजार ११२ आवेदकबाट परेको ६० हजार कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।

जसअनुसार भाग्यमानी २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। भाग्यमानीमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ निष्कासन गरेको थियो।

सर्वसाधारणमा वितरण गरिने कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा फाँड गरिसकेको छ।

यी बाहेक बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता आइपिओ सर्वसाधारणमा बिक्रीमा आएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटल वेबसाइट र पिपुल्स पावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here