सुरज आर्केडलाई बेसमेन्ट खाली गर्न २४ घण्टाको समय, फर्कियो महानगरको टोली

काठमाडौं, १३ भदौं । न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको छ ।

आर्केडले पार्किङका लागि अनुमति लिएर बनेका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घण्टाको समय दिएर फर्किएका छन् ।

ती सामान हटाएर पार्किङका लागि खाली गर्न भन्दै महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए।

तर, व्यवसायीले आफूहरुले सामान निकाल्ने बताएपछि महानगर टोलीले फर्किएको हो । अन्यथा आफूहरुले नै खाली गर्ने महानगर टोलीको भनाइ छ।

महानगरले बसन्तपुर प्लाजाको अन्डरग्राउन्ड पनि खाली गराउने भएको छ। पार्किङका लागि बनाएको संरचना ब्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि त्यसलाई हटाउन खोजिएको महानगरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here