झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं, १३ भदौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से ३.७६ अंकले बढेर १९९३.२ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२२ कम्पनीको १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको भएको थियो ।

झिनो अंकले बढेको बजारमा वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.४८ अंकले बढेरको छ ।

नेप्सेका अनुसार आज रु रु जलविद्युत परियोजनाको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज ११ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ । अरुण काबेलीको ५ करोड र हिमालय डिस्टिलरीको ४ करोडबढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here