वाणिज्य बैंकहरुको निक्षेप संकलन स्थीर, सीडी रेसियो ८८.४२ प्रतिशत

काठमाडौं, १३ भदौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन स्थीर रहेको छ ।

लगातार निक्षेप घट्दै गएको निक्षेप संकलन भदौंको दोस्रो साता (भदौ ४ गतेदेखि भदौ १० गतेसम्म) स्थीर रहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । कर्जा लगानी बढेको छ।

भदौ दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ।

गत भदौ ३ गतेसम्म पनि वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ नै रहेको थियो।

यस्तै, कर्जा प्रवाह पनि एक अर्ब २९ करोड रुपैयाँ बढेको छ । अघिल्लो साता एक अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

भदौ ३ सम्म ४१ खर्ब ७८ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । त्यो बढेर भदौ १० सम्म ४१ खर्ब ७९ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

निक्षेपमा सुधार आएसँगै वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात ९सीडी० रेसियोमा पनि सुधार देखिएको छ ।

भदौ ३ मा सीडी रेसियो ८८.४७ प्रतिशत रहेकामा भदौ १० गते सुधार भई ८८.४२ प्रतिशत कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here