दोधारा चाँदनीमा सशस्त्र प्रहरीद्वारा प्रतिवन्धित पेय पदार्थ नष्ट

दोधारा । दोधारा चाँदनीमा सशस्त्र प्रहरीले प्रतिवन्धित भारतीय पेय पदार्थ बरामद गरि नष्ट गरेको छ ।

दोधारा चाँदनी नगरपालिका वडा नं.३ पूर्णागिरी घाटमा भारतबाट अवैधरुपमा भित्र्याउदै गरेको स्प्राईट, डिउ लगाएत भारतीय पेय पदार्थ सशस्त्र प्रहरीले बिहान बरामद गरेको हो ।

सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देवीस्थान) का महेश राज भट्टको कमाण्डमा गएको गस्ती टोलीले उक्त प्रतिवन्धित पेय पदार्थ बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देवीस्थान) का सशस्त्र प्रहरी निरिक्षक प्रबिन फुयाँलले जानकारी दिए ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्ना साथ भारतबाट अबैधरुपमा ल्याउँदै गरेको पेय पदार्थ फालेर भागेको बताईएको छ । बरामद पेय पदार्थ रु. १५ हजार बरामद मूल्य रहेको फुयाँलले बताए ।

बरामद पेय पदार्थलाई सोमवार बिहान जनप्रतिनिधी, पत्रकार, बुद्धिजीवीको रोहवरमा नष्ट गरिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी ९देबिस्थान० मा सशस्त्र प्रहरी निरिक्षक को आगमन पछि सिमा तस्करीमा कडाई गर्न थालेको स्थानीयहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here