मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ, कस्तो रहन्छ तीजको तीनदिनको मौसम ?

काठमाडौं, १४ भदौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । अहिले प्रदेश(१ को तराई क्षेत्र र मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसोपख देशभर मौसम बदली रहने पूर्वानुमान छ ।

भदौ १४ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भदौ १५ गते (बुधबार)

दिउँसो : : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भदौ १६ गते (बिहिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र कर्णाली र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले उक्त प्रदेशका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको छ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here