रौतहटमा चट्याङबाट एकै गाउँका तीन महिलाको मृत्यु

काठमाडौं, १४ भदौं । रौतहटको एउटै गाउँमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ।

जिल्लाको गरुडा नगरपालिका-३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीया सुदनीया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनएको छ।

मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारको रहेको प्रहरीले जानाएको छ।

चट्याङ लागेर एउटै गाउँमा तीन जनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ।

खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी ४० वर्षीया सैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here