सुस्तायो शेयर बजार, कारोबार १ अर्ब १ करोडमा झर्‍यो

काठमाडौं, १४ भदौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २.१९ अंकले बढेर १९९५.२१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । सोमवार १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ७ समूहको परिसूचक हरियो भएको छ भने ६ समूहको घटेको छ । अन्य समूह सबैभन्दा धेरै २.२९ प्रतिशतले बढेको छ ।

झिनो अंकले बढेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवा खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७.४५ अंकले बढेर प्रतिकित्ता ३८५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, नबिल ब्यालेन्स फण्ड–३ को ५.३२ प्रतिशत, ग्लोबल आइएमई सम्मुनत स्कीम–१, इमर्जिङ नेपाल, लक्ष्मी इक्वीटी फण्ड, नेपाल टेलिकम र ओरेन्टल होटलको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

वी नेपाल लघुवित्त सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज ९ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन ६ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here