६ वटा वस्तुको आयात प्रतिबन्ध हट्यो, गाडी, रक्सी, मोबाइल र मोटरसाइकलको यथावत

काठमाडौं, १४ भदौं । सरकारले ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाएको छ । १० वस्तुमा लगाएको आयात प्रतिवन्ध मध्ये ६ वटा वस्तुको हटाउँदै ४ वस्तुमा भने यथावत राखको हो ।

आयात प्रतिबन्ध हटेकोमा कुर्कुरे, कुर्मुरे, लेज र चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तास लगायत रहेको छ ।

यसअघि प्रतिबन्ध लगाइएका मध्ये गाडी, मोबाइल, मोटरसाइकल र रक्सी आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेको भन्दै सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो ।

आयात प्रतिबन्धलाई असार ३१ गतेदेखि झन कडा बनाउँदै भदौ १४ गतेसम्म कायम हुने निर्णय गरेको थियो । अब भने त्यस्तो प्रतिबन्ध ४ बस्तुमा असोज २८ गतेसम्म कायम रहनेछ ।

विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले चार दर्जन बस्तुको आयातलाई निरुत्साहित गर्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चितिले ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here