दोधारा चाँदनीको टोल बस्तीमा तीजको रौनक, जनप्रतिनिधी पनि नाचे छमछमी(फोटो/भिडियो)

दोधारा । स्थानिय संघ–संस्था, वडा कार्यालयको आयोजनामा दोधारा चाँदनीका सबै वडा तथा टोलमा तीज धुमधाम संग मनाएका छन् । दोधारा चाँदनी नगरपालिका सबै वडा तथा टोल बस्तीमा वडा कार्यालय तथा स्थानिय संघ–संस्थाको आयोजनामा हरितालिका तीजको कार्यक्रम राखेर आज स्थानिय महिलाहरु छमछमी नाचेको हेर्न पाईएको थियो ।

दोधारा चाँदनी नगरपालिकाका सबै वडा तथा टोल बस्ती तीजको गीतले गुञ्जयमान भएको छ् । स्थानिय संघ–संस्था, वडा कार्यालयको आयोजना गरेको तिज विशेष कार्यक्रममा दोधारा चाँदनीका मेयर, उपमेयर, वडाध्यक्षहरु उठेर महिलाहरु संगै छमछमी नाच्दा दर्शक दिर्घबाट तालीको फोहरा छुट्यो । स्थानिय दर्शकहरु निकै रमाईलो मानेर दोधारा चाँदनीका मेयर, उपमेयर, वडाध्यक्षहरुको नाच हेरे ।

स्थानिय महिलाहरु आफु पनि नाचे र उपस्थित अतिथी लगाएत सबै दर्शकहरुलाई पनि छमछमी नचाए । तिज विशेष कार्यक्रमले दोधारा चाँदनीको तिजको रौनक हृवात्तै बढाईदिएको छ् । नेफाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का सुद्दढ कार्यक्रमका कार्यत्रम संयोजक राजकुमार सुनारले दोधारा चाँदनी नगर क्षेक्रमा संचालन गरिएको तीज कार्यत्रmम निकै सोहाद्रपुर्ण रहेको बताएका छन् ।

स्थानिय महिलाहरुले बिभिन्न रंगका पहिरन लगाएर समुहगतरुपमा आफ्नो संस्कृती परम्परालाई जगेर्ना गर्दै उमंगका साथ हरितालिका तीज मनाईदै गरेको आफुले देखेको उनले बताए ।

नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा दोधारा चाँदनीको वडा तथा टोलहरुमा स्थानिय संघ–संस्था, वडा कार्यालयको आयोजनामा गरेको कार्यक्रमका प्रमुख अतिथि दोधारा चाँदनीका मेयर, उपमेयर, वडाध्यक्षहरु नाच्दा निकै रमाईलो भएको स्थानिय महिलाहरुले बताएका छन् ।


हिन्दु महिलाहरुको महान पर्वका रुपमा रहेको हरितालिका तिजलाई रमाईलो बनाउन र संस्कृतिलाई जोगाई राख्न तीज विशेष कार्यक्रमको आयोजना गरिएको लक्ष्मी माध्यमिक बिद्यालयमा आयोजना भएको बिशेष कार्यक्रमका आयोजक संस्था बाबाथान बजार ब्यवस्थापन समितिका सल्लाहकार तथा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा सदस्य संदिप उपाध्याय्ले जनाएका छन् ।

आयोजित विशेष कार्यक्रमलाई नाचेर औपचारिक उद्धघाटन गरेका दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले तजि पर्वलाई धेरै भट्किलो र खर्चिलो हुन नदिन आग्रह गरेका छन् ।

उनले महिलाहरुको आग्रह अनुसार उनीहरुको हौसला बढाउन नाचेको बताए । कार्यक्रममा विभिन्न राजनैतिक पार्टी प्रतिनिधी, अधिकारकर्मीहरु, सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार, नागरिक समाज लगाएतका विभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो ।

यस्तै सामाजिक सदभाव र भातृत्व कायम राख्न कालिका हाट बजार समितिले समेत भब्यताको साथको ‘तिज महोत्सव–२०७९’ संचालन गरेको कालिका हाट बजार समितिका अध्यक्ष रोशन रावलले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं। ९ स्थित रहेको कालिका हाट बजारले अम्बिका माध्यमिक बिद्यालयको प्रांगणमा भब्यताको साथ सदभावपुर्ण तिज बिशेष कार्यक्रम संचालन गरिएको कालिका हाट बजार समितिका संयोजक रोशन रावलले बताएका छन् ।

डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), माईती नेपाल, दोधारा चाँदनी नगरपालिका कार्यालय, रुपाल ट्रडर्स लगाएतको संस्थाहरुले ‘तिज महोत्सव–२०७९’ लाई सघाएको उनले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको सबै वडा तथा टोल बस्तीमा तिज कार्यक्रम संचालन भएको वडाध्यक्षहरुले बताएका छन् । हिन्दु महिलाहरुको लागि मौलीक पर्व हरितालीका तीजमा महिलाहरुले श्रृंगार गरेर रंगिचंगी पहिरन गरि समुहगतरुपमा नाचगाना गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here