राप्ती हाइड्रोको शेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं, १५ भदौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको साधारण शेयर (आइपीओ) कारोबार शुरु भएको छ ।

बुधवार प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।

स्पेसल प्रि–ओपन सेसनमो यो कम्पनीको शेयर प्रतिकित्ता ३१९ रुपैयाँमा किनबेच भएको छ।

नेप्सेले यो कम्पनीलाई आरएचजीसीएल कारोबार संकेत प्रदान गरेको थियो । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६.३५ रुपैयाँदेखि अधिकतममा ३१९.०५ रुपैयाँ तोकेको थियो।

यो कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ ला १२ हजार ९७३ कित्ता छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here