महाअभियोग सिफारिस समिति बैठक: डेढ घण्टा सांसदलाई कुरेपछि चोलेन्द्रसँग बयान शुरु

काठमाडौं, १५ भदौ । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको बयान झण्डै डेढ घण्टा पछि सुरु भएको छ ।

समितिले तोकेको समयमा राणा पुगेपनि सांसदहरु नआउँदा ढिलो गरी सुरु भएको हो । जबरा बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको छ ।

समितिले बोलाएको समय ११ बजे नै राणा सिंहदरबार पुगेका थिए । तर, समितिका सदस्य सांसदहरु नआएपछि उनको बयान ढिलो गरी सुरु भएको हो ।

फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो। फागुन २२ गते ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएकोमा समितिले बुधवारका लागि जबरालाई बयान दिन बोलाएको हो। उनमाथि विभिन्न २१ वटा आरोप लगाएर महाभियोग दर्ता गरिएको थियो। महाअभियोग दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए।

समितिमा एमालेका विष्णु पौडेल,लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य छन्। कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट छन् भने नेकपा माओवादी केन्द्रबाट यसोदा सुवेदी र रेखा शर्मा सदस्य छन्।

नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजावदी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here