‘महाभियोगको प्रक्रिया मिलेको छैन्, यो विषयमा कुनै दिन लेखौंला बोलौंला’

काठमाडौं, १५ भदौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको बयान झण्डै डेढ घण्टा पछि सुरु भएको छ ।

समितिले तोकेको समयमा राणा पुगेपनि सांसदहरु नआउँदा ढिलो गरी सुरु भएको हो । जवाफको क्रममा आफूले कानुन बाहिर गएर काम नगरेको दाबी गर्दै प्रक्रियामा नै प्रश्न उठाएका छन् ।

उनले महाभियोग प्रस्ताव निस्क्रिय भइसकेको दाबी गरेका छन्। जनतारसंसदको सम्मानका लागि मात्रै जवाफ दिन आएको उनले बताए ।

‘म माथि लागेको अभियोगका विषयमा म कुनै दिन लेखौंला बोलौंला। कानुन र संविधानभन्दा बाहिर गएर काम गरेको छैन। यो महाभियोगको प्रक्रिया मिलेको छैन्,’ जबराले भने।

म पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको भन्दै उनले त्यसैका लागि आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए ।

दीपक कार्कीजीलाई पनि त्यो इच्छा होला नि। उहाँलाई प्रधानन्यायधीश बनाउन गरिएको हो यो सब गुटबन्दी पनि।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here