दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं, १५ भदौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२४ कम्पनीको १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६१ रुपैयाँ बराबरको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा सुधार आएको छ । मंगलवार १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर र फाइनान्स समूह २ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यसैगरी, अपर सोलुखोला, अपर हेवाखोला, रिलायन्स फाइनान्स र खानीखोला हाइड्रोपावरका शेयरधनीले ५ प्रतिशत गुमाएका छन् ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज १० करोड ७४ लाखभन्दा बढीको कारोबार भएको छ ।

रिडी पावरको ६ करोड ४० लाख र राप्ती हाइड्रोको ३ करोड २७ लाख बढीकोे कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here