निःशुल्क सी–आस्बा सेवा दिने बैंकको संख्या बढ्दै, नेपाल बैंक पनि शुल्क नलाग्ने

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) भर्दा लाग्ने शुल्क (आस्वा चार्ज) नलिने भएको छ ।

यसअघि आइपीओ भर्दा ग्राहसँग १० रुपैयाँ लिँदै आएको बैंकले अब भने उक्त सेवा निःशुल्क दिन लागेको हो ।

गत साता नेपाल धितोपत्र बोर्डले आस्वा शुल्क ५ रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गरेको थियो । सोसँगै केही बैंकहरुले आस्वा सेवा निःशुल्क गर्न थालेका हुन् ।

यसअघि बैंकहरुले आस्वा शुल्कबापत १०० रुपैयाँसम्म लिन पाइने व्यवस्था थियो । नियम लगाएसँगै बैंकले सेवाग्राहीलाई सितैं आस्वा सेवा दिने निर्णय गरेको हो ।

योसँगै आईपीओ भर्दा शुल्क नलाग्ने बैंकको संख्या ६ पुगको छ । यसअघि, नबिल बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले सी–आस्बा शुल्क लिँदैन थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here